शरीरमा क्याल्सियमको कमीले यस्ता लक्षणहरू देखा पर्छन्

विराटनगर, २६ माघ । स्वस्थ र मजबुत दाँत र हड्डीका लागि शरीरमा क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा अधिकांश मानिसहरूलाई थाहा भएको कुरा हो ।

दूध, दूधजन्य पदार्थ, हरिया सागसब्जी, बदाम लगायतका खानेकुराबाट शरीरलाई चाहिने क्याल्सियम पाइन्छ ।

बढ्दो उमेरका किशोर किशोरीलाई क्याल्सियमको बढी आवश्यकतापर्ने हुँदा क्याल्सियम पाउने खानेकुरामा ध्यान नदिँदा विशेषगरी १४ देखि २० वर्ष उमेरमा विभिन्न समस्याहरू देखा पर्न थाल्छ ।

शरीरमा क्यल्सियमको अभावका कारण मांशपेशीको दुखाइ, दाँत र हड्डी कमजोर हुने, नङ कमजोर भएर भाँच्चिने, हात तथा खुट्टा काप्ने, महिनावारीमा पीडा, रोग प्रतिरोधात्मक क्षमता कम भएर बारम्बार भाइरस र ब्याक्टेरियाजन्य रोगले समात्ने जस्ता लक्षणहरू देखा पर्छन् ।

शरीरमा पर्याप्त मात्रमा हेमोग्लोबिन हुँदा र प्रशस्त पानी खाँदा पनि बारम्बार मांशपेशी तथा हड्डी दुख्ने, नङ निकै कमजोर वा बारम्बार आफैँ भाँचिने समस्या छ भने शरीरमा क्याल्सियमको मात्रा कम भएको बुझ्नुपर्छ ।

तिघ्रा र पाखुराको मांशपेशी नचल्नु न्यून क्याल्सियमको संंकेत हो । शरीरमा रहेको क्याल्सियममध्ये ९९ प्रतिशत क्याल्सियम दाँत र हड्डीमा हुन्छ ।

मानिस वृद्ध भए पनि दाँत र हड्डीलाई बलियो बनाउन क्याल्सियमको आवश्यकता पर्छ ।

शरीरको धातुलाई खनिज पर्दाथमा परिवर्तन गर्नका लागि क्याल्सियमको भूमिका हुन्छ ।

तसर्थ, न्यून क्याल्सियमले हड्डी र मासुलाई एकअर्कामा कसिलो बनाउने प्रक्रियामा असर पुर्‍याउने हुँदा हड्डीका तन्तुहरू नास हुनुका साथै हड्डी भाँचिन सक्छ ।

क्याल्सियम तह न्यून भएमा दाँत दुख्ने, किराले खाने, दाँतको इनामेल हराउने, दाँत वरपरका हड्डी कुहिने, र गिजासम्बन्धी रोग लाग्ने गर्छन् ।

दाँत सिरिङ्ग हुने वा सबै बंगारा एकैपटक दुख्ने लगायतका समस्या पनि क्याल्सियमकै अभावले हुन्छ ।

त्यस्तै, बालबालिकामा समयमै दाँत नपलाउने, पलाएका पनि निकै कमजोर हुने गर्छ ।

क्याल्सियमको अभाव महिनावारी भएको समयमा अत्यधिक शरीर तथा मांशपेशी दुख्ने गर्छ ।

अनिमिति रूपमा महिनाबारी र अत्यधिक रक्तस्राब हुनु, भ्रुण रहने स्थान र अण्डाशयको हर्मनको नियमित विकास नहुनु पनि क्याल्सियम कमीले हुन्छ ।

रोग प्रतिरोधात्मक प्रणालीको विकासका लागि पनि क्याल्सियम चाहिन्छ ।

बारम्बार श्वासप्रश्वाससँग सम्बन्धी समस्या आउनु, आन्द्रामा संक्रमण देखिनु, भाइरस, ब्याक्टेरिया र अन्य परिजीवीले चाँडै आक्रमण गर्नु पनि क्याल्सियमकै अभावले हुन्छ ।

हड्डी र मांशपेशीको पीडाले क्याल्सियम अभावका कारण मानिस कमजोर हुन्छ ।

डर, त्रास, पीडा जस्ता मानसिक कमजोरी र मानसिक अस्वस्थता पनि क्याल्सियमको कमिले भएको हुन्छ ।

साथै, अनुहार पहेँलो र थकित देखिनु, जतिखेर पनि अल्छी महसुस हुनु, सुत्केरी महिलाको दूध नआउने, एकाग्र भएर सोच्न नसक्ने र अत्यधिक थकित महसुस हुनेको कारण पनि क्याल्सियम अभाव हुन सक्छ ।

Loading...