आकाश र पूजा अभिनित ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति घोषणा

विराटनगर, २६ माघ । अहिलेका युवा पुस्तामाझ चर्चित अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

सुदर्शन थापाले निर्देशन गर्ने फिल्म ५ भदौ २०७७ मा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

बेलायतमा छायांकन गरिएको फिल्मलाई हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा पारेर प्रदर्शनमा ल्याउन लागेको हो ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’ मा पूजा र आकाशका साथ गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरूको अभिनय छ ।

फिल्मबाट गायक सोनम तोप्देनले डेब्यू गर्दैछन् ।

सौरभ लामाले छायांकन गरेको त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।

अमित बस्नेतको लगानीमा निर्माण भएको फिल्ममा अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता तथा परी राना र अजितकुमार थापा सह–निर्माता हुन् ।

अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बूको गीत संगीतभएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

अर्को वर्षको तीजमा पूजा र आकाश अभिनित फिल्म ‘मन परेसी’ र सुब्रतराज आचार्यले निर्देशन गर्ने फिल्म ‘के घर के डेरा’पनि ५ भदौंमा नै रिलिज हुने भएपछि यी दुई फिल्मको रिलिज मिति सर्ने भएको छ ।

Loading...