Rumpum

Rumpum Advertisement

भ्रुण हत्या आरोपी गाउँपालिका अध्यक्षसहित चार फरार

भ्रुण हत्या आरोपी गाउँपालिका अध्यक्षसहित चार फरार

पाँचथर, २५ माघ । भ्रुण हत्या गराएको आरोपमा किटानी जाहेरी दर्ता भएपछि पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहित चार जना फरार भएका छन् ।

उनीहरूलाई अन्तरजातिय विवाह गरेकी दलित युवतीको २१ हप्ताको भ्रुण हत्या गराएको आरोप छ ।

पीडित युवतीले जिल्ला प्रहरी कार्यालय पाँचथरमा दवावमा भ्रुण हत्या गराएको आरोपमा ७ जनाविरुद्ध किटानी उजुरी दिएपछि गाउँपालिकाका अध्यक्षसहित चार जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

आरोपीतमध्ये ३ जना पक्राउ परेका छन् ।

अनुसन्धानकै क्रममा फिदिमस्थित समर्पित हस्पिटल परिषरमा प्रहरीले प्लाष्टिकमा पोको पारेर माटोमा पुरेको अवस्थामा भ्रुण (विकसित नभएको बच्चा) फेला परेको थियो ।

प्रहरीका अनुसार २६ पुसमा कुम्मायक गाउँपालिका अध्यक्षको दवावमा १९ वर्षीया दलित युवतीको २१ हप्ताको गर्भपतन गराइएको थियो ।

कुम्मायक ५ स्याबरुम्बाका रमेश खड्कासँग अन्तरजातीय प्रेम विवाह गरेकी दलित युवती गर्भवती भएपछि अध्यक्ष चेम्जोङ र रमेशको परिवारले दवनाव दिएर जबर्जस्ती गर्भपतन गराएर भ्रुण हत्या गराइएको थियो ।