काठमाडौं, २६ माघ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत समापन गरिँदैछ ।
पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।
आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई वर्त समापन गरी रात्रिमा जाग्राम बसी सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी वर्त समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले बताए ।
उपत्यकाको पूर्वीभेगस्थित शाली नदीमा पुस शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण वर्त पनि आजै अश्वमेध यज्ञ गरी समापन गरिँदै छ ।