नौ वटा पेनाल्टी ‘मिस’, इनियस्टाको क्बल भिजेल कोबेले जित्यो उपाधि

एजेन्सी, २६ माघ । स्पेनिस खेलाडी आन्द्रेस इनियस्टाको क्लब भिजेल कोबेले जापानिज सुपरकपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा योकोहामा एफएमलाई पेनाल्टीमा ३–२ गोलान्तरले हराउँदै भिजेल कोबेले उपाधि जितेको हो ।

खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा रोकिएपछि खेलमा पेनाल्टी सुटआउटको निर्णय लिइएको थियो । पेनाल्टीमा ९ वटा पेनाल्टी मिस भएको थियो ।

योकोहामाका ५ जना खेलाडीले पेनाल्टी मिस गरेका थिए भने कोबेका ४ जनाले पेनाल्टी मिस गरेका थिए ।

कोबेका इनियस्टा, जुन्या टनाका र होटारु यामागुचीले पेनाल्टीमा गोल गरेका थिए ।

यता, योकोहामाका लागि भने टकाहिरो ओगीहारा र थियागो मार्टिन्सले पेनाल्टीमा गोल गरे ।

Loading...