Rumpum

Rumpum Advertisement

एथ्लेटिकोको कठिन जित, चौथो स्थानमा उक्लियो

एथ्लेटिकोको कठिन जित, चौथो स्थानमा उक्लियो

विराटनगर, २६ माघ । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा एथ्लेटिकोले ग्रानडाविरुद्ध १–० गोलको कठिन जित निकालेको हो ।

आफ्नै मैदानमा भएको खेलमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेर्राले निर्णायक गोल गरे ।

खेलको छैटौं मिनेटमा कोरेर्राले गरेको गोल नै एथ्लेटिकोलाई जिताउन निर्णायक बन्यो ।

यस जितसँगै एथ्लेटिको अंकतालिकाको चौथो स्थानमा उक्लियो ।

उसले २३ खेलबाट ३९ अंक बनायो । शीर्ष स्थानको रियलसँग ४९ अंक छ भने दोस्रो स्थानको बार्सिलोनासँग ४६ अंक छ ।