नेपालको पहिलो जित, अमेरिका पराजित

काठमाडौं, २५ माघ । आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले पहिलो जित निकालेको छ ।

शनिबार आफ्नो दोस्रो खेल खेलेकाे नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको हो ।

नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिकाले ४४.१ ओभरमा अलआउट हुँदै १ सय ५५ रन मात्र बनायो । अमेरिकाका लागि इयान होलाण्डले ७५ रन बनाए ।

यस्तै क्यामरुन स्टेभेनसनले १९ रन बनाउँदा कारिमा गोरेले १० रन जोडे ।

बलिङतर्फ नेपालका करण केसीले ४ विकेट लिए भने सुशन भारीले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछानेले २ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा १ सय ९० रन बनाएर सबै विकेट गुमायो ।

नेपालका लागि विनोद भण्डारीले ५९ रन बनाए । विनोदले ७९ बलमा ६ चौका र एक छक्काको मद्दतले ५९ रन बनाए । यस्तै कुशल मल्लले अर्धशतक प्रहार गरे ।

कुशलले ५१ बलमा ४ चौका र ३ छक्का प्रहार गरी ५० रन बनाए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए भने पूर्वकप्तान पारस खड्काले १९ रन बनाए ।

ज्ञानेन्द्रले ३९ बलमा ४ चौका प्रहार गरे । यस्तै पारसले ५२ बल खेल्दा २ चौका हाने ।

करण केसीले १२ रन बनाए भने सुसन भारीले ११ रन बनाए । यसैगरी सुवाष खकुरेलले ३ रन बनाउँदा अभिनाष बोहोराले ५ रन बनाए ।

बलिङतर्फ क्यामरुन स्टेभनले ३ विकेट लिए भने रुस्ती थेरन र सौरभ नेत्राभल्करले समान २–२ विकेट झारे ।

अब नेपालले आइतबार ओमानसँग खेल्नेछ ।

Loading...