टाइट कपडा लगाउँदा हुन्छन् यस्ता बेफाइदा

विराटनगर, १३ भदौ । चिपिक्क टाँसिएका लुगा तथा जिन्सले शरीरको सौन्दर्य बढाउनु पर्नेमा ठाउँमा शरीरको आकारमा नै परिवर्तन ल्याई दिन्छ ।

टाइट जिन्स लगाउँदा पेटको बोसो माथि सर्न गइ एकै ठाउँमा जम्मा हुन थाल्छ । बोसो मात्र नभइ रगतसमेत जम्मा भएर आन्तरिक रक्तश्राव हुनुका साथै उक्त भागको मासुसमेत फुल्न जान्छ ।

टाइट लुगा लगाउँदा शरीर कसिलो हुन गई हिँडडुल गर्न पनि अप्ठ्यारो हुने गर्छ । धेरै टाइट जिन्स लगाउँदा लुगासँग तिघ्रा रगदिएर कास लागेर घाउसमेत हुने गर्छ ।

धेरै टाइट जिन्स लगाउने गर्दा पुरुषको अण्डकोष बिग्रेर नपुंसकसम्म हुने सम्भावना रहन्छ । टाइट लुगा लगाउनाले नसाको समस्यासमेत उत्पन्न गराउन सक्छ ।

Loading...