मनाङको खेल स्थगित

काठमाडौं, २५ माघ । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र न्यरोड टिम एनआरटीबीचको खेल स्थगित भएको छ ।

हलचोकस्थित एपीएफको मैदानमा हुने भनिएको यस खेल प्राविधिक कारणले स्थगित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

खेल हुनुभन्दा एक घण्टाअघि सूचना जारी गर्दै एन्फाले यस खेल भोलि हुने जनाएको छ ।

स्थगित खेल आइतबार १ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

उपाधीको होडबाट बाहिरिएपनि अझै अंक गणीतीय सम्भावना बाँकी रहेको मनाङलाई आफ्ना बाँकी दुवै खेलमा जित आवश्यक छ ।

Loading...