विराटनगर, २५ माघ । इटालियन सिरी ‘ए’मा आज डिफेन्डिङ च्याम्पियन क्लब युभेन्टसले आफ्नो २२औं खेल खेल्दैछ ।
नेपाली समयअनुसार राति १ः४५ बजे हुने खेलमा युभेन्टसले भेरोनासँग खेल्दैछ ।

यो खेल भेरोनाकै मैदानमा हुनेछ । आजको खेलमा युभेन्टस शीर्ष स्थान कायमै राख्ने दाउमा छ ।
हाल ऊ ५४ अंकसहित शीर्ष स्थानमा छ भने भेरोना ३१ अंकका साथ दसौं स्थानमा छ ।
यस खेलमा युभेन्टसलाई जित्नै पर्ने दबाब छ ।
किनकी, दोस्रो स्थानको इन्टर मिलानसँग ५१ अंक छ ।
आज युभेन्टसले हारेको खण्डमा अर्को खेलमा इन्टरले जित निकाले ऊ शीर्ष स्थानमा युभेन्टसभन्दा अगाडि रहनेछ । इन्टर गोलान्तरमा बलियो छ ।
यस खेलका लागि युभेन्टसका प्रशिक्षक मौरिजियो सार्रीले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका साथै पाउलो डेबाला, गोन्जालो हिगुइन, आरोन राम्से, माथिस डी लिग्ट जस्ता खेलाडीलाई टोलीमा राखेका छन् ।