Rumpum

Rumpum Advertisement

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ७ सय १७ पुग्यो, ३१ हजारभन्दा धेरैमा संक्रमण

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ७ सय १७ पुग्यो, ३१ हजारभन्दा धेरैमा संक्रमण

विराटनगर, २५ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय १७ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या बढेर ७ सय १७ पुगेको हो ।

त्यस्तै चीनमा मात्र हालसम्म कोरोना भाइरसको संक्रमण मा ३१ हजार २ सय जना परेका छन् ।

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दिनदिनै बढिरहेको छ ।

चीनको हुबेई प्रान्तबाट फैलन सुरु गरेको यस भाइरसले अहिले अन्य देशमा पनि देखिन थालेको छ ।

अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ ।

चीनमा कोरोनम भाइरसको उपचारमा खटिएका एक डाक्टरको पनि मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि चीन सरकारले कडाई गरेको छ ।

चीनको वुहान सहरमा यातायात तथा बजार बन्द रहेका छन् ।

चीनको वुहानमा रहेका कुनै पनि विदेशीलाई आफ्नो मुलुक जान रोक लगाइएको छ ।