आईसीसी विश्वकप लिग २ : नेपाल र अमेरिका भिड्दै

काठमाडौं, २५ माघ । आईसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल्दैछ ।

sdf

घरेलु टोली नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकाको सामना गर्न लागेको हो ।

यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

यस खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । यसअघि नेपाल र अमेरिका ओमानसँग पराजित भएका थिए ।

ओमानले पहिलो खेलमा नेपाललाई १८ रनले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

यद्यपि, ओमानसँग पराजि भएपनि अमेरिका शीर्ष स्थानमा छ । उसले ९ खेलबाट ६ खेलमा जित निकाल्दै १२ अंकका साथ ‘नेट रन रेट’मा ओमानलाई पछि पारेको छ ।

ओमान दोस्रो स्थानमा रहँदा नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेपाल एक खेल खेल्दा अंकविहीन अवस्थामा छ ।

Loading...