विराटनगरमा इन्टिग्रीटी समिट

विराटनगर, २४ माघ । विराटनगरस्थित होटल नमस्कारमा इन्टीग्रीटी समिट आयोजना भएको छ । शुक्रबार एकाउण्टीबीलीटी ल्याब नेपाल र विकल्प एन अल्टरनेटीभले आयोजना गरेको कार्यक्रममा जवाफदेहीता, पारदर्शिता, सुशासन र इमान्दारिताका बिषयमा बहस भएको हो ।

इन्टीग्रिटीको महत्वको विषयमा बोल्दै नर्थ साउथ कलेक्टिभका फाउण्डर दिनेश श्रेष्ठले जवाफदेहीता, पारदर्शिता,सुशासन र इमान्दारिता मानिसमा प्रत्यक्ष रुपमा निहित रहने बताए ।

इमान्दारीता र जवाफदेहीतालाई परिवार र समाजले प्रोत्साहित गर्नु पर्ने बताउँदै उनले समाजमा भएका विकृती र विशंगतीको विरोध गर्नु पर्ने बताए ।

पत्रकार गणेश लम्सालले सञ्चारकर्मीको मुख्य चुनौती आर्थिक अवस्था रहेको बताए । सञ्चारकर्मीको आर्थिक अवस्थाले जिम्मेवारीमा पनि असर गर्ने गरेको उनले बताए । सञ्चार माध्यामहरु समाजका सकारात्मक र नकारात्मक पक्षलाई नागरिक समक्ष प्रस्तुत गरिरहेको उनले बताए ।

डाक्टर भेषप्रसाद धमलाले सदाचारिता र जवाफदेहिताकोे संकटले देश विकास सुस्त हुने गरेको बताए । भ्रष्ट्राचार र विकृति बढ्नेका कारण हरेक ठाउँमा अफ्ठयाराहरु देखिएको उनले बताए ।

व्यापार व्यवसायमा सुशासन र पारदर्शीको महत्व बढी रहेको व्यवसायी अभिनायक मल्लले बताए ।

इन्टीग्रेटी सम्मिट जवाफदेहीता, पारदर्शिता, खुला सरकार र सुशासनलाई आत्मसाथ गर्दै सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिलाई जवाफदेहीताको महत्व बारे जानकारी गराउन कार्याक्रम आयोजना गरिएको विकल्पक एन अल्टरनेटिभ्सका फाउन्डर बसन्त आधिकारीले बताए ।

Loading...