आलमलाई थुनामा राख्ने जिल्लाको आदेश सदर


काठमाडौं, २४ माघ । पूर्वमन्त्री मोहमद आफताव आलमलाई पूर्पक्षमा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत जनकपुरको वीरगञ्ज इलजासले सदर गरेको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र सत्यमोहन जाेशी थारुको इजलासले आलमलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो ।

२७ चैत ०६४ को संविधानसभा चुनावको समयमा आलमको घरमा बम बनाउँदै गर्दा विस्फोट भई घाइते भएकालाई ईटा भट्टामा जलाएर मारेको अरोपमा पक्राउ परेका आलमलाई रौटहट जिल्ला अदालतले २९ कार्त्तिक २०७६ मा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरूद्ध आलम उच्च अदालत जनकपुर पुगेका थिए ।

Loading...