विराटनगरमा दुई दिनमा २ दुर्घटना : दुईजनाको मृत्यु, तीन घाइते

विराटनगर,२४ माघ । विराटनगरमा दुई दिनमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान र शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो विराटनगर महानगरपालिका– ६ स्थीत सम्झना चोकको भित्री सडकमा को १ च ६६३९ नम्बरको कारको ठक्करबाट स्थानीय ५५ वर्षिय जागोदेवी कामतको मृत्यु भएको हो ।

दिउँसो घर बाहिर सडक पेटीमा घाम तापेर बसेकी उनलाई पश्चिमबाट पूर्व तर्फ तिब्र गतिमा आउँदै गरेको कारले ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते महिलालाई उपचारका लागि न्यूरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

बिहीबार विराटनगर महानगरपालिका–१० को भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा ४५ वर्षीय सलिम मियाको मृत्यु भएको थियो ।

बिहीबार बिहान त्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह २११३ नम्बरको टेम्पो अरनिको कलेज छेउमा आफैँ अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक विराटनगर महानगरपालिका–१७ का मियाको मृत्य भएको थियो । टेम्पोमा सवार विराटनगर–१० की ५५ वर्षीय मधुश्री मिश्र, ६५ वर्षीय अरुणा नन्द मिश्र र १९ वर्षीय शिवम सरब घाइते भएका थिए ।

Loading...