Rumpum

Rumpum Advertisement

‘बार्सिलोनाले अझै पनि ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छ’

‘बार्सिलोनाले अझै पनि ला लिगा र च्याम्पियन्स लिग जित्न सक्छ’

एजेन्सी, २४ माघ । बार्सिलोनाका स्टार खेलाडी जेरार्ड पिकेले क्लबले अझै पनि स्पेनिस ला लिगा र च्याम्पियन्स लिग जित्न सक्ने बताएका छन् ।

कोपा डेल रेअन्तर्गत एथ्लेटिक बिल्बाओसँग हारेपछि पत्रकारसँग बोल्दै पिकेले बार्सिलोनाले अझै पनि ला लिगा र च्याम्पियन्स लिग जित्न सक्ने बताएका हुन् ।

बार्सिलोना सन् २०१० यता पहिलोपटक कोपा डेल रेको क्वार्टरफाइनलबाट ‘आउट’ भयो ।

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित हुँदै बार्सिलोना १० वर्षयता पहिलोपटक कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको हो ।

सर्वाधिक ३० पटकको बार्सिलोनालाई बिल्बाओले आफ्नै मैदानमा भएको खेलमा हराएको हो ।

यस खेलपछि बोल्दै पिकेले बार्सिलोनाले अझै पनि ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने दाबी गरे ।

‘हारले सिकाउँछ, हामीले हारपछि ड्रेसिङ रुममा एकताका साथ सोच्यौं कि अब हामी बलियो भएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘अब हामीले खेलमा र जितमा ध्यान दिनुपर्छ ।’

‘अब हामीले जितेका बाटोमा फर्किनुपर्छ’, उनले थपे, ‘हामीले त्यसका लागि प्रत्येक दिन कठिन मेहेहन गर्नुपर्छ । यसै आत्मविश्वासका साथ भन्नुपर्दा हामीले च्याम्पियन्स लिग र ला लिगा जित्न सक्छौं ।’