मुख तथा जिब्रोमा आएको घाउ निको पार्ने उपायहरू यस्ता छन्

विराटनगर, २४ माघ । हाम्रो शरीरमा भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत पोषणको कमीले मुख तथा जिब्रोमा घाउ निस्किन्छ ।

त्यसबाहेक दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच जस्ता पेटसम्बन्धी रोगहरू तथा शरीरमा पानीको कमी भएका कारणले हाम्रो मुखभित्र घाउ आउन सक्छ आउने गर्छ ।

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनाकानी र कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीले निकै सताउँछ ।

यस्ता घाउले खान तथा बोल्नै नहुनेगरी दुःख दिन सक्छ ।

यस्तो समस्या हुँदा प्रशस्त मात्रामा हरियो सागपात तथा फलफूलहरू मजाले चपाएर खाने, पानी पिउने, धेरै तातो खाने कुरा नखाने, धेरै मसला भएको चिल्लो नखानुका साथै मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्नुपर्छ ।

यस संगसंगै बदाम भिजाएर खाने या हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने गर्नु पर्छ ।

घाउमा मह लपक्क लगाउनुका साथै निमको पात वा जिरा चपाउने गर्दा निकै आराम मिल्ने गर्छ । बारम्बार यस्तो समस्या भइरहेमा हामीले चिकित्सक समक्ष जाँच गराउनुपर्छ ।

Loading...