मेस्सी र अबिडालको मनमुटावले बार्सिलोनामा ‘खैलाबैला’, यस्तो निर्णय लिँदैछन् अध्यक्ष

एजेन्सी, २४ माघ । आन्तरिक मनमुटावका कारण स्पेनिस क्लब बार्सिलोनामा ‘खैलाबैला’ मच्चिएको छ ।

कप्तान लियोनल मेस्सी र खेल निर्देशक इरिब अबिडालबीच मनमुटाव उत्पन्न भएपछि बार्सिलोनालाई समस्या आइपरेको छ ।

अब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टामेउले आन्तरिक तनावका बीच कठोर निर्णय लिने भएका छन् ।

चर्चित खेल मिडिया ‘९० मिनेट’का अनुसार बार्टामेउले मेस्सीसँग मनमुटाव गर्ने खेल निर्देशक अबिडाललाई बर्खास्त गर्ने भएका छन् ।

अबिडालले पछिल्लो अन्तर्वार्ताका क्रममा खेलाडीको नाम उल्लेख नगरीकन पूर्वप्रशिक्षक अर्नेस्टो भाल्भेर्डेको समयमा खेलाडीले मेहनत नगरेको आरोप लगाएका थिए ।

अबिडालले अर्नेस्टो भाल्भर्डेको नेतृत्वमा बार्सिलोनाका खेलाडीले कडा मेहनत नगरेको भनेपछि सोही अन्तर्वार्ताप्रति मेस्सीले अपात्ति जनाएका हुन् ।

मेस्सी अन्तर्वार्ताको आलोचना गर्दै कुन खेलाडीले मेहेनत नगरेको हो प्रष्ट पार्न आग्रह गरे ।

मेहेनत नगर्ने खेलाडीको नाम नै सार्वजनिक गर्न उनले माग गरे । यस्तो कुरा आफूलाई मन नपर्ने भन्दै मानिसहरू जिम्मेवार हुनुपर्ने बताए ।

हाल सोही विषयमा बार्सिलोनाकै विभिन्न खेलाडीहरूले टीका–टिप्पणी दिइरहेका छन् ।

यसै आन्तरिक द्वन्द्वको विषयमा अध्यक्ष बार्टामेउले कठोर निर्णल लिन लागेको ‘९० मिनेट’डको दाबी छ ।

यस्तै ‘ईएसपीएन’को रिपोर्टअनुसार अध्यक्ष बार्टामेउले कप्तान मेस्सीसँग मनमुटाव रोक्न भन्दै तीन पटक फोन संवाद गरिसकेका छन् ।

अर्जेन्टिनी स्टार मेस्सीले यसमा आफ्नो गल्ती नभएको कुरा बार्टामेउसमक्ष राखीसकेको ईएसपीएनको रिपोर्टले जनाएको छ ।

Loading...