घरवरिपरि यस्ता बिरुवाहरू रोप्नुस्

विराटनगर, २४ माघ । हामीले शुद्ध हावाका लागि घरवरिपरि बढी मात्रामा अक्सिजन फाल्ने बिरुवाहरू रोप्नुपर्छ । जस्तैः तुलसी, एलोभेरो, चमेली ।

तुलसीको बिरुवाले सबैभन्दा बढी मात्रामा अक्सिजन फाल्ने गर्दछ ।

तुलसी वातावरणलाई सफा राख्न मद्धत गर्ने निकै उपयोगी बिरुवा हो ।

त्यसैले वातावरणमा रहेका विषाक्त पदार्थ हराएर जान्छ ।

हिन्दू धर्मअनुसार मर्न आँटेका मानिसलाई तुलसीको बिरुवा छेउमा लगेर राख्ने चलन छ ।

यस्तै एलोभेराको बिरुवाको प्रयोग अनुहारलाई सुन्दर बनाउनको लागि धेरै प्रयोग गरेको पाइन्छ ।

त्यति मात्र नभएर यसले हावालाई शुद्ध बनाउनको लागि पनि निकै मद्धत गर्दछ ।

सानो–तिनो चोटकपटक तथा पोलेको घाउमा औषधिको काम गर्ने एलोभेराले रातको समयमा अक्सिजन छोड्छ, जसले गर्दा अनिन्द्राको समस्या हटेर जान्छ ।

हामी सबैलाई थाहा भएको कुरा हो चेमेलीको फूल तेलको लागि प्रसिद्ध छ ।

दक्षिण भारतमा महिलाले सुन्दरताको प्रतिकका रूपमा चमेली फूल टाउकोमा पनि लगाउने गर्दछन् ।

यो हेर्नमा जति सुन्दर बिरुवा हेर्दा आर्कषक तथा मनमोहक देखिने चेमेलीको बोटले शरीरको तनाव कम गर्नुका साथै बेचैनी हटाउँछ ।

Loading...