अनन्तको निर्णायक गोलमा थ्री स्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं, २४ माघ । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा साविकको विजेता थ्रीस्टार क्लब तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार भएको खेलमा थ्रीस्टाले संकटा क्लबलाई १–० गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

थ्रीस्टारले ११ खेलबाट २० अंक बनाएको छ । थ्रीस्टारसँग पराजित संकटा समान खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारलाई जिताउन अनन्त तामाङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औं मिनेटमा उनले निर्णायक गोल गरे ।

Loading...