विराटनगरको उखुबारीमा बीभत्स अवस्थामा युवतीको शव भेटियाे

विराटनगर, २४ माघ । विराटनगरमा युवतीको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–१२ बखरी मलहनवामा रहेको उखुबारीमा शुक्रबार युवतीको शव भेटिएको हो ।

अन्दाजी २५ वर्षीया युवतीको शव भेटिएको मोरङ प्रहरी प्रमखु विश्व अधिकारीले जानकारी दिए ।

युवतीको फोटो देखाउँदै मोरङ प्रहरी प्रमुख विश्व अधिकारी

उनका अनुसार घाँटी रेटेर सलले बेरेको अवस्थामा युवतीको शव फेला परेको हो ।

शवको पहिचान खुलेको छैन ।

Loading...