यस्तो अवस्थामा पानी पिउँदा हुन्छ हानी

विराटनगर, २४ माघ । शरीरमा पानीको मात्रा कम हुँदा त समस्या हुन्छ नै तर आवश्यकताभन्दा बढी पानी पिउनाले पनि शरीरमा हानी गर्न सक्छ ।

शरीरमा पानीको मात्रा बढी हुँदा शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् जसको कारणले शरीर कमजोर हुन पनि पुग्छ ।

सामान्यतया सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो शरीर भएकाहरूले चार लिटर पानी खाने गर्नाले उपयुक्त हुन्छ ।

तर कस्तो अवस्थामा पानी पानी पिउनु हुँदैन भन्ने कुराको जानकारी हुनु महत्वपूर्ण छ ।

  • चिया खाइरहेको बेला
  • दूध खाइरहेको बेला
  • पल्टिएको बेला
  • भोजन गरिरहेको बेला
  • हिँडेर थाकेको बेला
  • दिसा पिसाब गरेर आउनासाथ
  • असिनपसिन भएको बेला
  • व्रत सकिनासाथ
  • कडा शारीरिक श्रम गरेर आउनसाथ
Loading...