चौथो सिजनसम्म आइपुग्दा ईपीएलले पायो आईसीसीको मान्यता

काठमाडौं, २४ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एभरेष्ट प्रिमियर लिग (इपिएल)लाई मान्यता प्रदान गरेको छ ।

चौथो संस्करणसम्म आइपुग्दा ईपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएको हो ।

ईपीएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

यसपटक टेष्ट मान्यताप्राप्त मुलुकका चर्चित खेलाडीसमेत सो प्रतियोगिता खेल्न नेपाल आउँदैछन् ।

नेपाल खेल्न आउने खेलाडीमा वेष्ट इन्डिजका क्रिस गेल, ड्वाने स्मिथ, श्रीलङ्काका उपुल थरङ्गा, अफगानिस्तानका मोहमद साहजादलगायत छन् ।

गेलले पोखरा राइनोजबाट स्मिथले भैरहवा ग्लाडीयटर्सबाट थरङ्गाले ललितपुर प्याट्रियट्सबाट तथा साहजादले चितवन टाइगर्सबाट खेल्ने तय भएको आयोजकले जनाएको छ ।

ईपिएलको खेल तालिकालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले स्वीकृत गरिसकेको छ ।

Loading...