एक वर्षपछि अन्तरिक्ष यात्री पृथ्वीमा फर्किइन्

एजेन्सी, २४ माघ । एक अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रबाट एक वर्षपछि पृथ्वीमा फर्किएकी छन् । अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच अन्तरिक्षमा करिब एक वर्ष बिताएर बिहीबार पृथ्वीमा अवतरण गरेकी हुन् ।

अब ४१ वर्षीया कोच अन्तरिक्ष केन्द्रमा सबैभन्दा बढी समय बिताउने पहिलो महिला अन्तरिक्ष यात्री बनेकी छन् । कोच गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्रबाहिर गएकी थिइन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा)की इन्जिनियर कोचसहित अन्य दुई अन्तरिक्ष यात्री अन्तरिक्षबाट पृथ्वी फर्किएको नासाले जनाएको छ । कजाकस्तानमा ४१ वर्षीया कोचसहित अरु दुई अन्तरिक्ष यात्री अवतरण गरेको नासाले जनाएको छ ।

नासाका अनुसार कोचसहित युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ बिहीबार अवतरण गरेका हुन् ।

Loading...