बाग्लुङमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, चार घाइते

पर्वत, २४ माघ । बागलुङको तमानखोलामा बिहीबार साँझ जन्ति बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

म्याग्दीको मालिका गाउँपालिकाबाट बागलुङको तमानखोला गाउँपालिका १ बोंगादोभानमा जन्ती बोकेर गएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला गाउँपालिका–३ बुलबुलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, ५२ वर्षीया मनकुमारी पुन र ५७ वर्षीय ओमप्रकाश पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये म्याग्दीको मालिका गाउँपालिका २ का ४८ वर्षीया मनप्रसाद पुन, २९ वर्षीय चालक रमेश घर्ती, ४२ वर्षीय खगेन्द्र पुन र ४३ वर्षीया गौमाया पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

झण्डै ३५ जना सवार ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ ।

Loading...