बार्सिलोना १० वर्षयता पहिलोपटक कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरियो

एजेन्सी, २४ माघ । स्पेनिस क्लब बार्सिलोना सन् २०१० यता पहिलोपटक कोपा डेल रेको क्वार्टरफाइनलबाट ‘आउट’ भएको छ ।

बिहीबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग १–० गोलले पराजित हुँदै बार्सिलोना १० वर्षयता पहिलोपटक कोपा डेल रेको क्वार्टरफाइनलबाट बाहिरिएको हो ।

सन् २०१० मा बार्सिलोना सेभिल्लासँग पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो ।

तर, त्यसपछिका सिजनमा उसले क्वार्टरफाइनलमा हारेको थिएन ।

बिल्बाओको मैदानमा भएको खेलमा सर्जियो बुस्क्वेट्सको आत्मघाती गोलका कारण घरेलु टोलीले जित निकालेको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको इन्जुरी समयमा बुस्क्वेट्सले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना क्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

Loading...