Rumpum

Rumpum Advertisement

साम्बा ओजिलको जर्सीबाट सम्मानित

साम्बा ओजिलको जर्सीबाट सम्मानित

विराटनगर, २३ माघ । भारतको गोकुलम केरलाबाट खेलिरहेकी अन्तर्राष्ट्रिय खेलाडी साबित्रा भण्डारी ‘साम्बा’लाई मेसुत ओजिलको जर्सीसहित सम्मानित गरिएको छ ।

उनलाई ओजिलका एजेण्ट तथा वकिलले भारतको चेन्नाईमा जर्सी प्रदान गरेका हुन् ।

भारतको इन्डियन वुमेन्स लिगमा सनसनी मच्चाइरहेकी उनको टिम सेमिफाइनल चरणमा पुगेको छ ।

भण्डारीले सो लिगको चार खेलमा १२ गोल गरेकी छिन् ।