Rumpum Advertisement

सरकारको उपलब्धिको प्रचारप्रसार गर्न मुख्यमन्त्री राईको आग्रह

Neuro Revised Adv
Koshi Dashain ad
सरकारको उपलब्धिको प्रचारप्रसार गर्न मुख्यमन्त्री राईको आग्रह

विराटनगर, २३ माघ । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले सरकारका सकारात्मक उपलब्धिहरुलाई प्रचारप्रसार गर्न मिडियासँग आग्रह गरेकाछन् ।

एक नम्बर प्रदेशसभाको बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनलाई नेकपा संसदीय दलको नेताको तर्फबाट सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले मिडियाले नकारात्मक समाचार मात्र देखेको तर सरकारले गरेका सकारात्मक काम नदेखेको बताए ।

शुन्यबाट सुरु भएको प्रदेश सरकारले धेरै प्रभावकारी काम गर्न सफल भएको तर मिडियाले सरकारले केही गर्न सकेन्, अलमलिने काममात्र भयो भनेर निरन्तर लेखिरहेको गुनासो उनको छ ।

उनले मिडियालाई सकारात्मक बन्न आग्रह गर्दै भने , – ‘सरकारले गरेको राम्रो काम मिडियाले पनि देख्ने गरेको छैन मिडिया पनि अन्तै के केमा अलमलिएको छ ।’

मुख्यमन्त्री राईले अन्य प्रदेशको भन्दा प्रभावकारी कानुनहरु निर्माण गर्न प्रदेशसभा सफल भएकोमा गर्व गरे ।

उनले प्रदेश सरकालाई फरक फरक समुदायको प्रतिनित्वि गराएर पुर्ण समावेशी बनाएको बताउँदै भने,– ‘एक नम्बर प्रदेशको जस्तो युनिक मन्त्रिमण्डल कतै छैन यहाँ सबै मन्त्री फरक फरक समुदायका छन्, कोही दोहोरिएको छैन ।’

यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले दुई वर्षमा आवश्यक कानुनहरु निर्माण गर्न सफल भएको र थप कानुन धमाधम निर्माण गरिरहेको जानकारी दिए ।

उनले प्रदेश सरकारले चाँडै लगानी सम्मेलन गर्न लागेको र आफ्नै कर्मचारीसहितको संरचना बनाउन प्रदेश लोक सेवा आयोग पनि गठन गरिसकेको बताए ।

लोकसेवा आयोगले कर्मचारी आपुर्ति गरिसकेपछि प्रदेश सरकारको काम झन् प्रभावकारी हुने उनले दाबी गरे ।

संघीय सरकारको समन्वयमा वैदेशिक सहयोग लिनेमा एक नम्बर प्रदेश सरकार पहिलो बनेको, प्राबिधिक विश्वविद्यालय खोल्नमा पनि एक नम्बर प्रदेश पहिलो भएको उनको भनाइ छ ।

उपेक्षामा परको धनकुटा खोकु छिन्ताङका १५ जना शहीदहरुको सम्मानमा परिवारलाई जनही ५ लाख प्रदान गरेको र प्रदेशमा चाँडै मुख्यमन्त्री डयासबोर्ड संचालन ल्याउन लागेको र जैबिक अनुसन्धान केन्द्र स्थापना गर्न लागेको जानकारी गराए ।

उनले भने,– ‘सरकारले हासिल गरेको उपलव्धिको प्रचारप्रसार भएकोले भ्रम फैलिएको हो मिडिया पनि अन्त कतै अलमलिएकोले देखेकै छैन ।’

मुख्यमन्त्री राईले सत्यतथ्यहरु बुझेर सकारात्मक समाचारहरु सम्प्रेषण गर्न मिडियालाई आग्रह गरे ।