एपीएफविरुद्ध सहज जित निकाल्दै आर्मी शीर्ष स्थानमा

काठमाडौं, २३ माघ । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित निकालेको छ ।

बिहीबार भएको दोस्रो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा आर्मीलाई जिताउन सन्तोष तामाङले २ गोल गरे । एपीएफका आशिष लामाले एक गोल गरे ।

खेलको १५ औँ मिनेटमा आर्मीले सन्तोषको पेनाल्टी गोलमा अग्रता बनाएको थियो । भरत खवासलाई एपीएफका डिफेन्डरले डिबक्सभित्र फल गरेपछि पेनल्टी दिइएको थियो ।

यस्तै खेलको ३७औँ मिनेटमा एपीएफका लागि आशिषले गोल गर्दै खेल बराबरीमा ल्याए । यसैगरी आर्मीका लागि ४१औँ मिनेटमा सन्तोषले व्यक्तिगत दाेस्रो गोल गर्दै २-१ गोलको जित दिलाए ।

खेलमा २ गोल गरेका आर्मीका सन्तोष म्यान अफ द म्याच चुनिए ।

यस जितसँगै आर्मी शीर्ष स्थानमा उक्लियो । उसले १० खेलबाट २६ अंक बनायो । दोस्रो स्थानमा मछिन्द्र क्लब रहेको छ । उसँग २५ अंक छ ।

Loading...