रंगेलीको संसारीमाईका गहना चोरी

रंगेली, २३ माघ । मोरङको रंगेली नगरपालिका–७ मा रहेको संसारीमाई मन्दिरमा चोरी भएको छ । चिसाङ खोलाको बगरमा रहेको मन्दिरमा गएराति चोरी भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

मन्दिरबाट मूर्तिमा रहेका चाँदीका गहना, सानो पितलको मूर्ति, गणेशको प्रतिमा चोरी भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार करिब ८० तोला बराबरका चाँदीका गरगहना चोरी भएको छ ।

निरीक्षक लेखनाथ दाहालले मन्दिरमा जडान रहेको सीसी टीभीको फुटेजको आधारमा घटनाको अनुसन्धान भइरहेको बताए ।

यसअघि पनि चोरी भएपछि मन्दिरको व्यवस्थापन समितिले एक वर्षअघि मन्दिर परिसरमा ७ वटा सीसी टीभी जडान गरेको थियोे ।

Loading...