Rumpum

Rumpum Advertisement

रुघाबाट जोगिने उपायहरू

रुघाबाट जोगिने उपायहरू

विराटनगर, २३ माघ । मौसमको परिवर्तनसँगै रुघाले मानिसहरूलाई सताउने गर्दछ ।

संसारमा सायदै त्यस्तो व्यक्ति होला जसलाई कहिल्यै रुघा नलागेको होस् ।

यो एकप्रकारले सामान्य रोग भए पनि यसले साह्रै सताउँछ । जस्तै नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना समस्याले तनाव दिन्छन् ।

हाच्छ्युँ गर्दा उडेका ससाना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा लाग्ने सम्भावना हुन्छ ।

रुघा निको नै पार्नका लागि त्यस्तो कुनै यही नै भनेर औषधि बनाउन सकिएको छैन ।

प्रायजसोः एन्टिबायोटिक नै खाने प्रचलन छ ।

रुघाबाट बच्नका लागि रुघा लागेका व्यक्तिसँग नजिक वा मुखामुख हुने गरी नबस्ने वा मास्क लगाएर बस्नु उचित हुन्छ ।

साथै रुघा संक्रमित व्यक्तिको सरसामान प्रयोग नगर्ने गर्नुपर्छ । साधारण रुपमा रुघा लाग्नु अगावै नै आफैलाई असहज महसुस हुन्छ ।

जस्तै नाक र घाँटीमा के के भएजस्तो, खसखस भएजस्तो हुने गर्छ ।

त्यस्तो भएमा पर्याप्त मात्रामा पानी (विशेष गरी कागती हालेर) पिउनुपर्छ ।

रुघा लागेको बेलामा खानामा त्यति रुचि नहुने हुँदा सुपको प्रयोग गर्नाले शरीरलाई चाहिने केही पोषणतत्व पनि प्राप्त गर्नसकिन्छ ।

रुघा लागेको समयमा आराम गर्नु असल हुन्छ ।

रुघा लागेको बेलामा तातो पानीको बाफ लिने वा पुरा शरीरलाई नै मन तातो पानीमा राख्न सके शरीरले आनन्द पाउनुका साथै सुक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मांसपेशीलाई पनि धेरै फाइदा हुन्छ ।

त्यसो गर्न असमर्थ भएमा पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर बाफ लिनचाहिँ सकिन्छ ।

रुघा लागेको बेलामा मन तातो पानीमा नुन हालेर हालेर गारगल (खकाल्ने) गरेमा दुखाई कम हुन्छ ।

घाँटीमा कुल्ला गर्दा अलिकति ज्वानो पानीमा हालेर कुल्ला गर्दा फाइदा गर्छ ।