आईलिग : अनिताको टोली सेथु सेमिफाइलमा

विराटनगर, २३ माघ । राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय महिला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा बरोडा एफसीविरुद्ध फराकिलो जित निकाल्दै समूह उपविजेताको रूपमा सेथुले सेमिफाइनलमा स्थान बनाएको हो ।

ब्यांग्लोर स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा सेथुले बरोडालाई ६–० ले हराएको हो ।

सेथुको जितमा सन्ध्याले ह्याट्रिकसहित ४ गोल गरिन् भने कार्तिका र अम्सा भल्लीले एक–एक गोल गरिन् ।

यस जितसँगै सेथुले १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै अन्तिम ४ मा स्थान बनायो ।

समूह ‘ए’को सेथुले समूह चरणमा ४ खेलमा जित र १ खेलमा हार ब्यहोरेको थियो ।

यता, नेपाली खेलाडी सावित्रा भण्डारी सम्मिलित टोली गोकुलम केरला एफसीले भने एक खेल अगाडि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

समूह ‘बी’मा रहेको गोकुलमले लिगमा अपराजित रहँदै १२ अंक बनाएको छ ।

Loading...