शाकाहारी भोजनमा मांसाहारी जत्तिकै पौष्टिक तत्त्व

विराटनगर, २३ माघ । मांसाहरी भोजन गर्नेको तुलनामा पक्कै पनि शाकाहरी भोजन गर्ने मानिसहरूको संख्या कमै होला ।

मांसाहारी भोजनको अत्यधिक उपभोगले शरीरमा विभिन्न किसिमका समस्याहरू जस्तै युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने सम्भावना बढी हुँदा पनि शाकाहारी बन्नका लागि मानिसहरू लागिपरेका अवस्था छ ।

कतिपयमा मानिसहरुमा भ्रम के हुन्छ भने शाकाहारी आहार त्यति पौष्टिक तत्व हुँदैन तर शाकाहारी भोजन पनि मांसाहार भोजनजत्तिकै पोषकयुक्त हुन्छ ।

शाकाहारी भोजनमा वनस्पतीबाट पौष्टिक तत्वहरु प्राप्त हुन्छ ।

हरियो सागसब्जीमा भिटामिन, एन्टी अक्सिडेन्ट, एमिनो एसिड आदि पाइन्छ जसले घातक बिमारीबाट बचाउन मद्दत गर्दछ ।

त्यसका साथै शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेट पनि पाइन्छ ।

तन्दुरुस्त बनाउँछ

शाकाहारी भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ । प्रायगरी शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुन्छ । शाकाहरी भोजनले मानिसलाई हरसमय जागरीलो हुन सहायता गर्दछ ।

हृदयसम्बन्धी रोगको कम सम्भावना

शाकाहारी भोजनले हृदयसम्बन्धी रोग हुने सम्भावना निकै नै न्यून रहन्छ । मांसाहारीमा जस्तो शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कम हुन्छ जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ ।

किड्नी रोगबाट बचाउँछ

किड्नीसम्बन्धी समस्याबाट बच्नका लागि शाकाहारी भोजन अति नै उपयुक्त हुन्छ । पिसाबाट प्रोटिन निक्लिनु, कोशिकाद्धारा रगत छान्नेको गति, किड्नीमा रक्त सञ्चार किड्नीसम्बन्धी विकार मासांहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

Loading...