ट्रम्प महाअभियोगबाट जोगिए

वासिङ्टन डिसी, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगबाट जोगिएका छन् ।

उनीमाथि लागेको महाभियोग अमेरिकी संसदले खारेज गरेपछि उनी महाअभियोगबाट जोगिएका हुन् ।

aa

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले ट्रम्पमाथि लागेको शक्ति दुरुपयोगको अभियोगलाई ४८ का विरुद्ध ५२ तथा संसदलाई अवरोध गरेको अभियोलाई ४७ का विरुद्ध५३ मतले खारेज गरिदिएको छ ।

आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई बाधा पुर्‍याउने मनसायले युक्रेनमाथि दवाव पुर्‍याएको अभियोग डेमोक्रेटिक पार्टीले ट्रम्पमाथि लगाएको थियो ।

यसअघि डेमोक्रेटिक पार्टीको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदलने गत डिसेम्बरमा राष्ट्रपति माथिको महाअभियोग अनुमोदन गरी माथिल्लो सदनमा पठाएको थियो ।

अमेरिकाको पछिल्लो राजनीतिक अवस्था निकै विभाजित र विवादित बन्दै आएको छ ।

महाअभियोगसम्बन्धी प्रस्तावको मतदानमा राष्ट्रपति ट्रम्पले नेतृत्व गरेको रिपब्लिकन पार्टी उनको पक्षमा एकजुट भने हुन सकेन ।

राष्ट्रपति पदका पूर्वउम्मेद्ववार रिपब्लिकन पार्टीका प्रभावशाली नेता मिट रामनीले राष्ट्रपति ट्रम्पलाई माहाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।

मतदानका क्रममा उनले आफ्नो देश र भगवानसमक्ष खाएको सपथको इज्जत गरेको बताउँदै राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

राष्ट्रपति पदको दुरुपयोग गरेको र अमेरिकी जनप्रतिनिधिहरूको संस्था हाउस अफ रेप्रिजेन्टेटिभलाई असहयोग गरेको आरोपमा छुटाछुटै मतदान भएको थियो ।

यो मतदान पार्टीलाइनअनुसारकै मत खसेकाले राष्ट्रपति ट्रम्प जोखिम्पूर्ण माहाअभियोगबाट बच्न सफल भएका हुन् ।

Loading...