सुन्तला खानुका छन् यस्ता फाइदाहरू

विराटनगर, २३ माघ । जाडो महिनामा धेरैजसो पाइने फलफूलमध्ये एक हो, सुन्तला ।

विभिन्न भिटामिन, खनिज पदार्थ र फाइबर भएका कारण सुन्तला हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

सुन्तलामा भएको बेटा केराटिन नामक प्रोटिन र एन्टिअक्सिडेन्टहरुले छाला राम्रो राख्न मद्दत गर्छ । यसले छाला चम्किलो बनाएर चाउरिनबाट जोगाउँछ ।

सुन्तलाले रोगसँग लड्ने क्षमता बढाउँछ ।

सुन्तलामा हुने भिटामिन सी शरीरमा चाँडै घुल्ने हुँदा यसले सेतो रक्त कोषिका तथा रातो रक्त कोषिका बढाएर उच्च रक्तचाप हटाउन मद्दत गर्छ ।

सुन्तलामा बढी मात्रामा पाइने क्यालसियमले दाँत र हड्डी बलियो राख्छ ।

शरीरको सम्पूर्ण भागमा अक्सिजन प्रदान गरेर मुटुलाई स्वस्थ र सहज ढंगले काम गर्न सहयोग पुर्‍याउँछ ।

यसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्नुका साथै यसमा पाइने प्रशस्त फाइबरले पनि कोलोन क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ ।

सुन्तलामा पाइने भिटामिन ‘ए’ ले आँखाको उमेरसँगै गुम्ने दृष्टि क्षमातालाई बचाउन मद्दत गर्छ ।

यसले हाम्रो पाचन प्रणाली स्वस्थ राखेर कब्जियत हुन बाट जोगाउँछ ।

सुन्तलाको नियमित सेवनले मूत्रप्रणाली राम्ररी सञ्चालन गरी मिर्गौलामा पत्थरी बनाउन दिँदैन ।

सुन्तलाको बोक्रालाई घाममा राम्ररी सुकाएर, पिसेर बनेको धुलोलाई प्राकृतिक स्क्रबको रूपमा प्रयोग गर्न सकिन्छ ।

Loading...