Rumpum

Rumpum Advertisement

कोपा डेल रे : आज दुई खेल हुँदै, रियल र बार्सिलोना प्रतिस्पर्धामा

कोपा डेल रे : आज दुई खेल हुँदै, रियल र बार्सिलोना प्रतिस्पर्धामा

विराटनगर, २३ माघ । स्पेनिस कोपा डेल रे फुटबलमा आज २ खेल हुँदैछन् । कोपा डेल रेको क्वार्टरफाइनलअन्तर्गत आज २ महत्त्वपूर्ण खेल हुन लागेका हुन् ।

आज हुने दुई खेलमा सर्वाधिक धेरै पटकको कोपा डेल रे विजेता टोली बार्सिलोनाका साथै उपाधि दाबेदार टोली रियल मड्रिड पनि प्रतिस्पर्धामा छ ।

आजको पहिलो खेलमा रियल मड्रिडले रियल सोसिडाडसँग खेल्दैछ ।

नेपाली समयअनुसार राति ११ः४५ बजेबाट सुरु हुने उक्त खेल रियलको मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।

यस खेलमा रियल मड्रिड सोसिडाडलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउने दाउमा छ ।

यता आजै हुने अर्को खेलमा सर्वाधिक धेरै ३० पटकको विजेता टोली बार्सिलोनाले एथ्लेटिक बिल्बाओसँग खेल्दैछ ।

यो खेल बिल्बाओकै मैदानमा नेपाली समयानुसार राति १ः४५ बजेबाट सुरु हुनेछ ।

यस खेलमा बार्सिलोनाको नजर अन्तिम चारमा छ ।

यसअघि ग्रानडा र मिरान्डेसले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । अब आजको खेलपछि सेमिफाइनलको समीकरण पूरा हुनेछ ।