Rumpum

Rumpum Advertisement

बार्साका डाइरेक्टरले दिएको अन्तरवार्ता मेस्सीको आलोचना

बार्साका डाइरेक्टरले दिएको अन्तरवार्ता मेस्सीको आलोचना

विराटनगर, २३ माघ । क्लबका डाइरेक्टर एरिब अबिडलले दिएको अन्तरवार्ताप्रति लियोनल मेस्सीले आलोचना गरेका छन् ।

बार्सिलोनाका स्पोर्टिङका डिरेक्टर अबिडलले ईर्नेस्टो भाल्भर्डेको नेतृत्वमा बार्सिलोनाका खेलाडीले कडा मेहनत नगरेको अन्तरवार्ताको क्रममा बताएका थिए ।

यही विषयमा मेस्सीले अपात्ति जनाएका हुन् ।

भाल्भर्डेलाई हटाएर बार्सिलोनाले गत महिनादेखि क्विक सेटीनलाई प्रशिक्षकको रुपमा भित्र्याएको छ ।
मेस्सी अन्तरवार्ताको आलोचना गर्दै कुन खेलाडीले मेहनत नगरेको हो प्रष्ट पार्न आग्रह गरे ।

मेहेनत नगर्ने खेलाडीको नाम नै सार्वजनिक गर्न उनले माग गरे ।

मेस्सीले यस्तो कुरा आफूलाई मन नपर्ने भन्दै यद्यपी मानिसहरु जिम्मेवार हुनु पर्ने बताए ।

अन्तरवार्ता क्रममा मेस्सी बार्सिलोनामा खुसी रहेको बताएका छन् ।

उनले नयाँ सम्झौताका विषयमा समेत मेस्सी सर क्लबबीच छलफल भइरहेको छ ।