विराटनगर, २३ माघ । साउथह्याम्टनविरुद्ध ३ २ गोल अन्तरले जित निकाल्दै टोटनह्याम एफ ए कपको पाँचौ चरणमा पुगेको छ ।
बुधबार राति भएको खेलमा टोटनह्यामको जित हुँदा खेल भने निकै रोमाञ्चक रह्यो ।
घरेलु मैदानमा भएको खेलमा टोटेनहमले साउथह्याम्टनलाई ३–२ ले पराजित गरेको हो ।
ज्याक स्टेफनले १२ औँ मिनेटमा आत्मघाति गोल गर्दा टोटेनहमले अग्रता लियो । साउथह्याम्टनको लागि साने लङ र ड्यानी इङ्सले गरे ।
लुकास मौरा र ह्युङ मिनले गोल गरी टोटेनहमलाई विजयी गराए ।
अब पाँचौँ चरणमा टोटनह्यामले नोर्विच सिटीसँग अर्काे खेल खेल्ने छ ।