महाअभियोगबाट ट्रम्प मुक्त

विराटनगर, २३ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोगबाट छुटकारा पाएका छन् ।

ट्रम्पविरुद्धको महाअभियोगको सुनुवाई गर्दै अमेरिकी सिनेटले उनलाई मुक्ति दिएको हो । उनलाई ह्वाइट हाउसबाट निकाल्ने अभियान समेत सकिएको छ ।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत भएको सीनेटले बुधबार उनमाथि लागेको सत्ता दुरुपयोगको आरोप ५२ ४८ को भोटले खारेज गरेको हो ।

डेमोक्रेटिक पार्टीका सांसदले ट्रम्पमाथि युक्रेनमा रहेका आगामी राष्ट्रपति चुनावमा सम्भावित प्रतिद्वन्द्वीलाई बदनाम गर्न दबाब दिएको आरोप लगाएका थिए ।

यही वर्ष नोभेम्बरमा राष्ट्रपति पदको लागि चुनाब हुँदैछ । महाअभियोग लागेपछि पनि चुनाव लड्ने ट्रम्प अमेरिकाका पहिलो उम्मेदवार हुन् ।

ट्रम्पले सधैजस्तै उनीमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् ।

डेमोक्रेटिकहरुले हराउन नसक्ने भएको कारण पदबाट हटाउन चाहेको उनले बताए ।

Loading...