पत्रपत्रिकामा देश : हाइप्रोफाइल भ्रष्टाचार काण्ड, गच्छदारविरुद्ध मुद्धा चल्दा कांग्रेस आश्चर्यमा

विराटनगर, २३ माघ । राजधानी काठमाडौंबाट प्रकाशन हुने पत्रिकाहरुले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादारसहित १ सय ७५ जनाविरुद्ध मुद्धा दर्ता गरिएको समाचारलाई प्रमुख खबर बनाएका छन् ।

यस्तै मन्त्रिपरिषदको निर्णय आफ्नो अधिकार क्षेत्रभित्र नपरेको कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भने मुद्दा नचलाएको अख्तियारको दाबी छ ।

ललित निवासको जग्गा प्रकरणमा तीन मन्त्री, तीन सचिव, जग्गाधनी, बकस लिने १८ जना र कर्मचारीसहित १ सय ७५ जनाविरुद्ध मुद्दा चलाएको हो ।

बालुवाटारस्थित ललितनिवासको जग्गा व्यक्तिको नाममा बनाएको अरोप उनीहरुलाई लागेको हो ।

कान्तिपुर दैनिकमा राजनीतिक यात्रामा धक्का शीर्षकमा २०४८ सालदेखि यता १३ पटक मन्त्री बनेका विजयकुमार गच्छदार सांसदबाट स्वत निलम्बनमा परेका छन् ।

उनको राजनीतिक यात्रामा धक्का लागेको छ । निरन्तर चुनाब जित्दै आएका गच्छदार पाँच पटक त उपप्रधानमन्त्री नै बनेका थिए ।

गच्छदारलाई अन्याय : कांग्रेस शीर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ ।

ललित निवास जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा दायर गरिएको प्रति कांग्रेसले आश्चर्य प्रकट गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै आश्चर्य प्रकट गरे ।

चिनियाँको विकल्प खोज्दै सरकार शीर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ ।

पर्यटनमा कोरोनाको असर पर्ने समाचारमा उल्लेख छ ।

नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट ५ लाख पर्यटक ल्याउने सरकारको योजना प्रभावित भएको हो ।

चिनियाँ पर्यटक नआउने भएपछि सरकारले नयाँ विकल्प खोज्न थालेको छ ।

अन्य देशबाट नेपाल आउने पर्यटकमा पनि कोरोनाको त्रास छ ।

कोरोना भाइरसको त्रास, उद्दारपछि ठाउँ टुंगो लागेन शीर्षकमा नागरिक दैनिकले मुख्य पृष्ठमा समाचार छ ।

नोभेल कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तको वुहानमा रहेका नेपालीलाई फिर्ता ल्याएर कहाँ राख्ने भन्ने अझै टुंगो लागेको छैन् ।

राख्ने ठाउँ टुंगो नलाग्दा उनीहरुलाई उद्दार गर्न समेत समय लाग्न भएको छ ।

बुधबारको बैठकले टुंगो लगाउन नसकेपछि फेरी अर्काे बैठक बस्ने भएको छ ।

Loading...