ललिता निवास प्रकरण : पूर्व उपप्रधानमन्त्री गच्छदारसहित १ सय ७५ जना विरुद्ध मुद्दा

काठमाडौं, २२ माघ । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तीको नाममा नामसारी गरेकाे आराेपमा पूर्व उपप्रसाधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर भएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा १७५ जना विरुद्ध मुद्दा दाय गरेको हो ।

अख्तियारले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित उच्च पदस्थ व्यक्ती र तत्कालिन कर्मचारी विरुद्ध मुद्दा दायर गरेको हो । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातसहित पूर्वसचिव छविराज पन्त, दिनेशहरि अधिकारी विरूद्धपनि मुद्दा दायर भएकाे छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अख्त‍ियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पूर्व मुख्य सचिव लीलामणि पौडेललाई मुद्दा चलाउन नमिल्ने बताएकाे छ ।

Loading...