माछा खानुका फाइदाबारे जान्नुहोस्

विराटनगर, २२ कात्तिक । मासुभन्दा पनि माछा खानु स्वास्थ्यमा फाइदाजनक हुन्छ ।

रातो मासु पच्नका लागि झण्डै ३२ देखि ३६ घण्टा लाग्छ भने माछा पच्नका लागि २ देखि ३ घण्टा मात्र लाग्छ ।

नियमित रूपमा माछा खानाले मानिसको मस्तिष्कलाई सधैं ताजा र तेज राख्नमा मद्दत पुर्‍याइरहेको हुन्छ । माछा खानाले धेरै हदसम्म शरीरिक वजन घटाउन पनि मद्दत गर्छ ।

ठिक्क मात्रामा नियमित माछाको सेवन गर्ने हो भने यसले आँखाको भिजन बढाउनुको साथै आँखा तथा छालालाई सधैं स्वस्थ्य राख्न मद्दत गर्छ ।

शरीरको खराब कोलेस्टेरोल घटाएर मुटुसम्बधी रोग लाग्नबाट बचाएर हर्टयाट्याक हुन दिँदैन ।

माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निको हुनुका साथै डन्डीफोर आउने सम्भावना पनि कम भएर जान्छ ।

माछामा प्रशस्त मात्रामा भिटामिन ‘डी’ र क्याल्सियम पाइने भएकोले यसको सेवनले शरीरका हड्डी तथा दाँतलाई मजबुत बनाउँछ ।

नियमित माछा खानाले जीवनबाट नैराश्यता हटाएर खुसी हुने, शरीरमा उर्जा उत्पन्न गराएर काममा फूर्ति ल्ययेर दैनिक कार्यमा परिवर्तन ल्याउन मद्दत गर्छ ।

यसले उच्च रक्तचापलाई नियन्त्रन गरेर कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउनका साथै क्यान्सरबाट छुट्कारा पाउन पनि सहयोग पुर्‍याउने गर्छ ।

माछा खाने गर्नाले डिप्रेसनबाट समेत मुक्त भइ निद्रा अत्यन्त राम्रो लाग्ने गर्छ ।

Loading...