पारिवारिक र सामाजिक सम्बन्धको अभावले आत्महत्या

दशरथ साह
विश्व स्वास्थ्य संगठनलेहालै प्रकाशितगरेको तथ्यांकअनुसार आत्महत्याका घटना प्रत्येक वर्ष १३ प्रतिशतले वृद्धि भइरहेको छ । आत्महत्यामा जानुअघिको अवस्थालाई डिप्रेसन पनि भनिन्छ ।
नेपालप्रहरीकाअनुसार, आर्थिक वर्ष २०७५÷७६ मा मात्रै ५हजार तीन सय छयालीसजनाले आत्महत्या गरेका छन् । आत्महत्यागर्नेमा ८० प्रतिशत डिप्रेसनकाविरामी रहेका छन् । मनोचिकित्सक रविनश्रेष्ठका अनुसार, समाजमाआर्थिक पक्ष ऋणात्मकबन्दैगइरहेको छ । विशेषगरी आत्महत्याका पछाडि आर्थिक पक्ष, पैसा र प्रेम सम्बन्ध जोडिएको हुन्छ । यस्ता खालकातनावहरुव्यवस्थापन गर्न नसक्दा पीडितलेगलत बाटो रोज्ने गरेको देखिन्छ । यसका साथै किशोरकिशोरीले प्रेम सम्बन्धका कारण आत्महत्या गर्ने गर्दछन् । त्यसभन्दामाथि उमेरकाले आर्थिक कारोबार बिग्रेर आत्महत्या गर्छन् ।
प्रदेश न. १,प्रहरी कार्यालयकाअनुसार आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि कार्तिकसम्मको चार महिनाको अवधिमाआत्महत्याको ३ सय ८१ वटा घटनाको मुद्दा दर्ता भएको छ । गतवर्ष २०७५÷७६ मा ३ सय ३४ वटा आत्महत्याको घटना दर्ता भएकाथियो । २०७४÷७५ मा २ सय ८४ वटा मुद्दा र २०७३÷७४ मा ३ सय ३४ वटा आत्महत्याको मुद्दा दर्ता भएको देखिन्छ । पढाइमा कमजोर, कमप्राप्तांक, शारीरिक एवं मानसिकयातना, बुबा–आमासँग खराबसम्बन्धले हुने पारिवारिक कलह र एक्लोपन जस्ता कारणले १५ देखि १९ वर्ष उमेर समूहकाले आत्महत्या गर्ने गरेको देखिन्छ । त्यस्तै २० वर्षभन्दामाथिका उमेरकाले व्यापार, जागिर र पारिवारिक जीवनमाअसफलता, गरिबीतथागम्भीर रोगका कारणले पनियसो गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।


संसारभरि हुने आत्महत्यामध्ये ७९ प्रतिशतनिम्न र मध्यमआयभएकामुलुकहरुमाहुने गरेकोविश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्वमा १७ देखि २९ वर्ष समूहकाले ज्यानगुमाउने दोस्रो कारणमा आत्महत्याभएको जनाएको छ । समाजशास्त्री मुकेश सिंहकाअनुसार परीक्षाको प्राप्तांक, कमाएको धन, उच्चओहोदा र अनुहारको आधारमा व्यक्तिको कदर गर्ने सोचले आत्महत्या बढिरहको छ । यसको रोकथामकालागिप्रहरी, डाक्टर, मनोचिकित्सक, समाजशास्त्री, शिक्षक र अभिभावकलगायत समाजका सबै पक्षबीच समन्वयहुनुपर्नेमा जोड दिएका छन् ।त्यसरीनै सुदूरपश्चिमप्रदेशमा गरिबी, पारिवारिक र सामाजिक सम्बन्धतथामानसिक समस्याका कारणले आवेगमाआई आत्महत्या गर्ने बढ्दै गइरहेको छ । आर्थिक वर्ष २०७३÷७४ मा चार सय ३२ जना, २०७४÷७५मा ४ सय ९९ जना र २०७५÷७६मा ५ सय ३ जनाले आत्महत्या गरेको रेकर्ड छ । यस्तै हालआर्थिक वर्ष २०७६÷७७ मा २ सय ८ जनाले आत्महत्या गरिसकेका छन् । प्रदेशप्रहरीकार्यालयदिपालयको तथ्यांकअनुसार औसतमा दैनिक एक जनाभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिन्छ । अहिले नेपालमा हिंसाका घटनाहरुमा समेत वृद्धि भइरहेको छ । आर्थिक, सामाजिक, पारिवारिक, सामाजिक सञ्जालको गलतप्रयोग, त्यस्तै कलिलै उमेरमा विवाह गर्ने, लागु औषधको प्रयोग, प्रेममाधोका, अवैध यौन सम्बन्ध, हतारमा सम्बन्ध विच्छेद र एक्लोपना, परिवारबाट छुटेर बस्ने लगायतका कारणले आत्महत्या बढ्ने गरेको छ ।
एक प्रेरक प्रसंगअनुसार –एक दिन एक प्राध्यापककोठामा पस्नासाथ भने “आज म तपाईंहरुको परीक्षालिँदैछु । सबैजनात्यसकालागितयार हुनुहोस् ।” परीक्षाको नाम सुन्नासाथविद्यार्थी आत्तिए । उनीहरुमध्ये कोहीकिताबको पाना पल्टाउन थाले त कोही नोटबुकमा घोरिन थाले । प्राध्यापकले भने ः “पश्नपत्रयहीहो, सबैले यसको व्याख्या गर्नुहोला ।”उनले सबैका सामु प्रश्नपत्र राखिदिँदै हेर्न अनुमतिदिए । प्रश्नपत्रमाकेही लेखिएको थिएन । त्यसमा एउटा कालो विन्दु मात्र देखिन्थ्यो । विद्यार्थी छक्क परे । यसकालागितपाईहरुकालागिमात्र १० मिनेटको समय पाउनुहुनेछ । विद्यार्थी चुपचापउत्तर लेख्न थाले । समय सकियो । प्राध्यापकले सबै उत्तरपुस्तिक संकलन गरे । लगभग सबैले त्यहीकालो विन्दुको विषयमाआ–आफ्नो ढंगमा व्याख्या गरेका थिए । तर कसैले पनिकालो बिन्दुको चारैतिर रहेको सफाभागबारे भने केही लेखेका थिएनन् । विद्यार्थीको उत्तरपुस्तिका हेरिसकेपछि प्राध्यापकले गम्भीर हुँदै भने “तपाईहरुको फाइनल रिजल्टसित यस परीक्षाको कुनै लिनु दिनु छैन यसमा म कुनै पनिअंकदिन्नँ । तर यस परीक्षाको पछाडि एउटा खास कारण छ । म तपाईंहरुलाई जीवनको अदभुतयर्थाथ बताउन चाहन्छु । हेर्नुहोस्, यस प्रश्नपत्रको ९९ प्रतिशतभन्दा बढी भागमा सफा र सेतो छ । तर कसैले पनियसबारे केही लेख्नुभएन । तपाईंहरुले त्यही एक प्रतिशतकालो धब्बाबारे लेख्नुभो । यहीयर्थाथ हाम्रो जीवनमालागु हुन्छ । हाम्रो जीवनमाआइपर्नेअनगिन्ती स–साना समस्याहरु कालो धब्बा जस्तै हुन् । तर हामीले पूरापुर ध्यान समस्यातिर केन्द्रित गरिरहेका हुन्छौं ।” प्राध्यापकले अगाडि भने “त्यसैले ती स–साना समस्याबारे चिन्तालिनुभन्दापनिबाँकीजीवनको आन्नद उठाउने र तिनलाई गम्भीरतार्पूक नलिने हो भने हाम्रो जीवनजहिल्यै सुख र खुसीले भरिनेछ ।” यस्तै चेतनभगतकाअनुसार यस्तो लक्ष्यबनाउनुस्जसले तपाईलाई सन्तुलित र सफलताको जीवन दिन्छ । ऊर्जालाई पोषण दिने अन्तिमचिजहो,जिन्दगीलाई धेरै गम्भीरतापूर्वक नलिनु ।
हामी सबै यहाँ अस्थायी छौँ । केहीअन्तरवार्तामा नामननिकाल्नु, प्रेममा पर्नु, सानो तिनो झगडा गर्नु, सबै ठीक हो । हामी सबै मानिस हाँै । यन्त्रमानवहोइनौँ । तपाई तीन कुरा समुचितलक्ष्य , सन्तुलन र जीन्दगीलाई धेरै गम्भीरतापूर्वक नलिनुस् । यसले बाँच्नलाई ऊर्जा दिन्छ । तर जिन्दगीमा चार ठूलो तुफानले तपाईभित्र बलेको ऊर्जा (दियो)लाई निभाउने कोसिस गर्नेछ । यसबाट बचाउन जरुरी छ । यो हो निरासा, कुन्ठा, अन्याय र जीवनमाकुनै उद्देश्य नहुनु । यदिमिहनेतले पढनुहुन्छ भने तपाईको स्तरमा सुधार आउनसक्छ । यदितपाई मानिसहरुसँग अन्तरक्रिया गर्नुहुन्छ भने,तपाईं राम्रोसँग अन्तरवार्ता गर्न सक्नुहुनेछ । मानिसले कामयसकारण गर्छन् कि त्यसले उनीहरुलाई खुसी दिलाउँछ । अनिउनीहरुलाई आफ्नो अस्तित्वबोध हुन्छ । आफ्नो स्तरमा सुधार ल्याउँदात्यसले थप राम्रो अनुभूतिगराउँछ । प्रकृतिले हामीलाई अनेक जिनको संयोग र विभिन्न परिस्थितिको हिसाबले डिजाइन गरेको छ । खुसी रहनको लागिहामीले यसलाई आत्मसात गर्नुपर्छ । प्रकृतिबाट धेरैभन्दा धेरै लाभ उठाउनुपर्छ । यसो गरेमा लक्ष्यले तपाईको साथदिनेछ । आत्महत्या गर्नु भनेको महापापहो । जीवनलाई समाप्त गर्नु कायरताहो, त्यसैले प्रेम गर्न सिक्नुहोस् । हरेकको जीवनमादुःख र सुख दुवै हुन्छ । केहीआरोप नलागेको को हुन्छ र ? त्यसैले जीवनमाभागेर होइन् डटेर संघर्ष गर्नुपर्छ । यहीमानिसको कर्तव्य हो । धर्म हो । सत्यहो । प्रेम नै सबै भन्दा ठूलो धर्म हो । त्यसैले जीवनलाई प्रेम गर्नुहोस् । पारिवारिक सम्बन्ध, सामाजिक, आर्थिक पक्ष, साँस्कृतिक, राजनीतिक, कानुनी, भोक, गरिबी, डिप्रेसन वाअन्य कारण के हो त बुझ्न जरुरी देखिन्छ । समाज, परिवार र सम्पूर्ण मानवसँगअन्तरक्रियाको माध्यमबाट सम्बन्धलाई विस्तार गरौँ । आत्महत्यान्यूनीकरण गर्न समाजमाहुने सामाजिक र आर्थिक विभेद अन्त्य, मानसिक समस्याको उपचार, जनचेतना र परामशर्, रोजगारीको सिर्जना जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ ।

Loading...