पत्रपत्रिकामा प्रदेश : बस्तीले खुम्चिँदै चारकोसे

विराटगनर, २२ माघ । बस्ती थपिँदै जाँदा मोरङमा चारकोसे जंगल क्षेत्र खुम्चिन थालेको छ ।

गछियादेखि उर्लाबारीसम्म ११ हजार हेक्टर जंगल मिचेर दर्जन बजार बसेको छ ।

विश्वविद्यालय, प्रहरी र कोशी टप्पुको कार्यालयसमेतलाई वनको जग्गा दिइएको छ ।

मोरङ खण्डमा पर्ने पूर्वपश्चिम राजमार्गमा गछिया, सलकपुर, गोठगाउँ, विराटचोक, खोर्साने, बेलबारी, लक्ष्मीमार्ग, भाउन्ने, कनेपोखरी, पथरी, मंगलबारे र उर्लाबारीमा बाक्लो बस्ती बसेको उल्लेख छ ।

कागजी रुपमा ५५ हजार ५ सय हेक्टर क्षेत्रफलमा भएपनि जंगल अतिक्रमणमा परी ४४ हजार ५ सय ४० हेक्टरमा खुम्चिएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले अतिक्रमणमा परेको वन फिर्ता ल्याउन स्थानीय निकाय र वन कार्यालय सक्षम नभएको बताए ।

उनले सरकारले नै केही गर्नु पर्ने बताएका छन् । यो खबर कान्तिपुर दैनिकमा छ ।

ब्लाष्ट टाइम्समा ‘विवाहित महिला बेचबिखनकमा बढी पिडित’ शीर्षकमा खबर छापेकोे छ ।

विवाहित नेपाली महिला बढी बेचबिखनको सिकार हुने गरेको पाइएको छ ।

सीमानाकामा निगरानी, सचेतना लगायतका अभियानले चेलिबेटी बेचबिखनमा कमी आएपनि विवाहित महिलाहरु राजीखुसीले जाने गरेको कारण संख्या बढेको देखिन्छ ।

बैदेशिक रोजगारीको बाहानामा राजीखुसी बनाएर लाने गरेको कारण यस्तो संख्या बढेको हो ।

माइती नेपाल विराटनगर शाखा प्रमुख विनोद पोखरेलले विवाहिताहरु बढी भारतमा बेचिने गरेको बताए । राजीखुसी जाने भएकोले सबैको उद्दारमा कठिनाइ भएको उनले बताए ।

‘सीमाका गाउँमा पुग्दै स्वास्थ्यकर्मी’ शीर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ ।

कोरोना भाइरसबारे सीमा नाकामा सचेतना जगाउन थालिएको छ ।

चीनसँग जोडिएको ओलाङ्चुङगोला, किमाथांका र याङ्मामा पूर्वतयारी थालिएको हो ।

सीमा क्षेत्रमा घर घरमै पुगेर भाइरसबारे जानकारी गराउन स्थानीय निकायले निर्देशन दिएका छन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रदेश १ सरकारले विशेष सतर्कता अपनाउने निर्णय गरेको छ ।

नाकामा अनिवार्य स्वास्थ्य परीक्षणसहित निगरानी बढाउने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए ।

मोरङ सुनसरी औद्योगिक करिडोरमा रोजगारीको अवसर शीर्षकमा उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा १ हजार ४० जनालाई तालिमसहितको रोजगारी दिने खबर छापेको छ ।

Loading...