Rumpum

Rumpum Advertisement

सर्भे भएको १३ महिनामा पनि पुल बनेन

सर्भे भएको १३ महिनामा पनि पुल बनेन

रारा, २१ माघ । सर्वे भएको १३ महिना हुँदा समेत कर्णाली नदीमा पक्की पुल बन्न थालेको छैन् ।

पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । पुस २०७५ मा पक्की पुल बनाउन सर्भे गरिएको थियो ।

सडक डिभिजन कार्यालय जुम्लाले पुल बनाउन पहल नगरेपछि गाउँपालिकाले अहिले बेलिब्रिज जडान गर्ने तयारी गरेको छ ।

कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज जडान गरी तत्काल यातायात सञ्चालनमा ल्याई पचालझरना र पलाँता गाउँपालिकालाई सडक सञ्जालले जोड्ने काम अगाडि बढाएको छ ।

पचालझरना गाउँपालिकाको केन्द्र जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जडान गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलका प्राविधिक टोलीले सर्भे गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।

एशियाकै अग्लो पचालझरना अवलोकन गर्न जान चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए।

तर त्यो पुल बनाउने काम १३ महिनासम्म शुरु नहुँदा बेलिब्रिज जडानमा प्रदेश सरकारलाई आग्रह गरिएको उनको भनाइ छ ।