पत्रपत्रिकामा देश : एमसीसीमा संशोधन गरिने

विराटनगर, २१ माघ । मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा अनुमोदन गर्ने नगर्ने विषयमा निक्र्यौल गर्न गठन गरेको नेकपाको कार्यदलका संयोजक बरिष्ठ नेता झलनाथ खनालले एमसीसी सम्झौतामा केही न केही सम्झौता हुने बताएका छन् ।

अन्नपूर्ण पोष्टमा छापिएको खबरमा कार्यदलको पहिलो बैठक भएको कार्यविधि तयार भएको संयोजक खनालले बताएका छन् । अन्नपूर्ण पोष्टमा खनालको अन्र्तवार्ता समेत छापिएको छ ।


नयाँ पत्रिका दैनिकमा हायात होटलमा राजयको ३ सय ४ रोपनी जग्गा तर सेयर भने जम्मा ९.०१ प्रतिशत, खुलासा भएको एक वर्षसम्म पनि सरकार मौन शीर्षकमा मुख्य खबर छ ।

एक वर्ष अघि संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनमा सरकारले रुचि देखाएको छैन् ।

सरकार र निजी समूहको संयुक्त लगानी रहेको होटेल हायातको सञ्चालक समितिले गैरकानूनी रुपमा ३७.७७ प्रतिशतबाट ९.०१ प्रतिशतमा झारिदिएको हो ।

समितिले छानबिन गरेर कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो ।

पर्यटनमन्त्री योगेश भट्टराईले यो विषयलाई सरकारले गम्भीरताका साथ हेरिरहेको बताएका छन् ।

विद्यालयका योजना छनोट राष्ट्रपतिबाट शीर्षकमा कान्तिपुर दैनिकमा मुख्य खबर छ ।

सरकारले सामुदायिक विद्यालयको गुणस्तर सुधारको योजना छनोटमा राष्ट्रपतिलाई सक्रिय गराउने भएको छ ।

विद्यालयको आवश्यक्ता मूल्यांकनसमेत नगरी राष्ट्रपति कार्यालय र संघीय सरकारले छनोट गरेका योजनाामा बजेट पठाउने गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि बनाइएको हो ।

विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथि भएर जाँदा राष्ट्रपतिले अनुदान दिन सक्ने कार्यविधि बनाइएको हो ।

नागरिक दैनिकमा ‘नेकपाको केन्द्रमा गौतम’ शीर्षकमा मुख्य खबर छ ।

संगठन विभागको नेतृत्वमा रहेका बामदेव गौतमलाई पार्टी उपाध्यक्षको जिम्मेवारी पनि थपिएपछि शक्तिशाली भएका छन् ।

संगठन विभागलाई ६ वटा अधिकार रहेकोमा थपेर ११ वटा बनाइएको छ । उपाध्यक्ष भएपनि दुईवटा अध्यक्षलाई सन्तुलन गरेर अघि बढ्ने जिम्मेवारीमा उनी पुगेका छन् ।

चीनबाट ल्याएपछि १४ दिन निगरानीमा राखिने समाचार कान्तिपुर दैनिकमा छ ।

चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

प्रकिृया पुरा गरेर उनीहरुलाई यसैसाता ल्याइने छ । राख्ने ठाउँ भने आज बेलुकासम्म तय हुने छ ।

Loading...