प्रधानाध्यापक विवादले विद्यार्थीको पढाइ एक महिनादेखि बन्द

यज्ञ अधिकारी
रंगेली, ३० माघ । मोरङको जहादा–३ मा रहेको आदर्श आधारभूत विद्यालयमा प्रधानध्यापकको नियुक्ति विवादले १ महिनादेखि पठनपाठन बन्द भएको छ ।

प्रधानध्यापक नियुक्तिको विवादले विद्यालयका बालबालिकाको पढ्न पाउने नैसर्गिक अधिकार हनन् हुन पुगेको हो ।

विद्यालय, व्यवस्थापन समिति, अविभावक र विद्यार्थी मुंगा हेमरमलाई निमित्त प्रअ बनाउने पक्षमा रहका छन् ।

गाउँपालिका अध्यक्ष भने अशोकुमार साहलाई बनाउनुपर्ने अडामा रहेको छन् ।

दुवै पक्ष आ–आफ्नो अडानमा रहको कारणले विद्यार्थीहरू भने एक महिनादेखि पठनपाठनबाट बञ्चित हुन पुगेका छन् ।

दुवै पक्षको आ–आफ्नो दाबीको कारण विद्यार्थीहरू पठनपाठनबाट बञ्चित हुन पगेका हुन् ।

पढ्न पाउने बालबालिकाको नैसर्गिक अधिकार हो । जहदा–३ को उक्त विद्यालयमा ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ भएको छ ।

१ चैत्र २०७५ मा राजकुमार साहले विद्यालयको प्रधानाध्यापकबाट अवकाश पाए ।

उनको स्थानमा निमित्त प्र.अ.को जिम्मेवारी सोही विद्यालयका शिक्षक मुंगा हेमरमलाई दिइयो ।

८ चैत्र २०७५ मा बसेको विद्यालय व्यवस्थापन समितिको निर्णयले हेमरमलाई जिम्मेवारी दिएको थियो ।

वडाको सिफारिसमा नि.प्र.अ.हेमरम र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवद्र्धन साहको सयुक्त हस्ताक्षरमा खाता खोल्ने जिम्मा दिए पनि गाउँपालिकाले रोक्यो ।

र, गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डलले एकलौटी रूपमा निमित्त प्रअमा अशोक कुमार साहलाई नियुक्त गरे ।

अध्यक्ष मण्डलले उनलाई तीन महिनापछि नियुक्त गरेका थिए ।

त्यसको अवकासप्राप्त प्रअ राजकुमार साह, व्यवस्थापन समितिका अध्यक्ष गोवद्र्धन साह, शिक्षक जोश झा, मुंगा हेमरम, अविभावक र विद्यार्थीले विरोध गरे ।

निप्रअ असोककुमार साहको आँचरण, व्यवहार ठीक नभएको भन्दै उनीहरूले विरोध गर्दै आएका छन् ।

यो विवाद सुरु भएपछि अहिले विद्यालयमा एक महिनादेखि तालबन्दी रहेको छ ।

जसको प्रत्यक्ष असरमा विद्यार्थीहरू परेका छन् । उनीहरूले स्कूलमा पठनपाठन गर्न पाएका छैनन् ।

गाउँपालिका अध्यक्षले नियुक्त गरेको निप्रअलाई विद्यालय, अभिवक, व्यवस्थापन समिति कसैले पनि नरुचाएको कारणले विद्यालय बन्द भएको निप्रअ हेमरमले बताए ।

ऐन र नियमविपरीत गाउँपालिका अध्यक्षले नियुक्त गरेको उनको आरोप छ ।

निप्रअ अशोककुमार साह अविभाव, व्यवस्थापन समिति कसैलाई पनि नटेर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोवद्र्धन साहले बताए ।

अशोक विद्यालय अवस्थित समाजलाई बेवास्था गर्ने, घुलमिल नहुने व्यवहार देखाउने गरेको उनको भनाइ छ । उनले अशोकलाई विद्यालयमा निप्रअ तोक्न नहुने बताए ।

विद्यालय व्यवस्थापन समितिको मञ्जुरीविना विद्यालयको कुनै पनि काम गर्न नपाइने अवकासप्राप्त प्रअ राजकुमारले बताए ।

उनले भने, ‘म २९ वर्ष यस विद्यायमा प्रअ बसेको हुँ । विद्यालय व्यवस्थापन समितिको निर्णयविना कुनै पनि काम गर्न पाइँदैन ।’

विद्यालयको निप्रअ हेमरमलाई बनाउनुपर्ने पक्षमा सबै रहेको उनको जिकिर रहेको छ ।

निप्रअ अशोकको आँचरण र व्यवहार पनि ठीक नभएको र कसैले पनि नस्वीकारेको उनले बताए ।

सबैले हेमरमलाई निप्रअ बनाउने दिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको उनले बताए ।

विद्यालयका शिक्षक राजेश झाले अध्यक्ष कैलाशप्रसाद साहले नियुक्त गरेको प्रअमा ऐनमा व्यवस्था भएअनुसारको आँचरण र व्यवहार नभएको जिकिर गरे ।

झा र निप्रअ हेमरम दुवै राहत कोटाका शिक्षक हुन् ।

गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले सिनियारीटीको आधारमा आफूले प्रअ नियुक्त गरेको बताए ।

विद्यालयको दरबन्दि र वरिष्ठताको आधारमा शिक्षक अशोककुमार साहलाई नियुक्त गरिएको अध्यक्ष मण्डलले बताए ।

स्थायी शिक्षक अशोकले अन्याय भएको भन्दै गाउँपालिकामा निवेदन दिएपछि निर्णय गरेर उनलाई निप्रअ बनाएको उनले बताए ।

ऐनमा भएको व्यवस्थाअनुसार प्रअ नियुक्त गरको उनको दाबी रहेको छ । आफूले कानूनविपरीत गरेको न्यायका लागि माथिल्लो निकाय जान आग्रह गरे ।

विद्यालयको गेटमा ताला लागेपछि विद्यार्थीहरू चौरमा खेलेर बस्ने गरेको छन् ।

विद्यायमा बढाइ नभएपछि विद्यार्थीहरू खेल्नमा व्यवस्त रहने गरेका छन् ।

हाल विद्यायमा २ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

आइतबार दुवै पक्षबीच छलफल भए पनि समाधान नभएको हेमरमले बताए ।

समाज बसेर विद्यालय खुलाउने विषयमा छलफल भइरहेको उनले बताए ।

Loading...