हिजोको मिति : दशककै एक मात्र ‘पालिनड्रोम मिति’

विराटनगर, २० माघ । तपाईंले हिजोको मिति याद गर्नुभयो ? खासै महत्त्वपूर्ण केही नहुनाले याद नगर्न पनि सक्नुहुन्छ ।

तर हिजोको मितिलाई एकपल्ट अंकमा लेखेर हेर्नुहोस्, केही रोचक तथ्य भेट्नु पो हुन्छ कि !

२ फेब्रुअरी २०२० लाई महिना, गते र वर्ष लेख्ने ढाँचामा लेख्ने हो भने ०२–०२–२०२० हुन आउँछ, यसलाई अगाडि र पछाडिबाट उस्तै पढ्न र लेख्न सकिन्छ ।

यसलाई अङ्ग्रेजीमा ‘पालिनड्रोम मिती’ भन्ने गरिन्छ ।

अङ्ग्रेजी वर्ष २०२० को र यो दशककै एक मात्र ‘पालिनड्रोम मिति’ हिजो रहेको थियो ।

एक अध्ययनका अनुसार जबसम्म तपाईंले पहिले महिना त्यसपछि गते र अन्त्यमा वर्ष लेख्ने ढाँचामा मिति लेख्नुहुन्छ तबसम्म हरेक शताब्दीका नौ वटा वर्षमा १० ‘पालिनड्रोम मितीहरू’ हुने गर्छन् ।

र, ती क्रमीक रूपमा आउनेछन् ।

उदाहरणका लागि, २०११–२०१९, २१११–२११९, २२११–२२१९ का प्रत्येक वर्षहरूमा १० वटा ‘पालिनड्रोम मितिहरू’ छन् र ती मितिहरू क्रमिक रूपमा लगातार आउनेछन् ।

यो शताब्दीमा त्यस्ता १२ वटा ‘पालिनड्रोम मितीहरू’ छन् र ती यस प्रकार रहेका छन्ः

  • अक्टोबर २, २००१ (१०–०२–२००१)
  • जनवरी २, २०१० (०१–०२–२०१०)
  • नोभेम्बर २, २०११ (११–०२–२०११)
  • फेब्रुअरी २, २०२० (०२–०२–२०२०)
  • डिसेम्बर २, २०२१ (१२–०२–२०२१)
  • मार्च २, २०३० (०३–०२–२०३०)
  • अप्रिल २, २०४० (०४–०२–२०४०)
  • मे २, २०५० (०५–०२–२०५०)
  • जुन २, २०६० (०६–०२–२०६०)
  • जुलाई २, २०७० (०७०२२०७०)
  • अगस्ट २, २०८० (०८–०२–२०८०)
  • सेप्टेम्बर २, २०९० (०९–०२–२०९०)
Loading...