पत्रपत्रिकामा देश : एमसीसी अन्यौलमा, विमति राख्ने खनालकै नेतृत्वमा कार्यदल

विराटनगर, २० माघ । आज पत्रपत्रिकामा नेकपाको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयलाई प्रमुखताका खबर छापिएको छ ।

विशेषगरी एमसीसीका विषयमा नेकपाको धारणालाई लिएर पत्रिकाहरुमा मुख्य समाचार छ ।

विमति राख्ने खनालकै काँधमा एमसीसी शीर्षकमा कान्तिपुर दैनिकमा मुख्य समाचार छ । नगारिक दैनिकमा एमसीसी सम्झौता संकटमा शीर्षकमा मुख्य समाचार छापेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विषयमा नेकपा भित्र नै मतभेद देखिएपछि यसलाई टुंगोमा पुर्याउन तीन सदस्सीय कार्यदल बनाएको छ ।

नेकपा केन्द्रीय कमिटीले पनि एमसीसी इन्डो प्यासिफिक रणतीतिकै अंग भए नभएको टुंगो लगाउन नसकेपछि कार्यदल गठन गरिएको हो ।

कार्यदलमा एमसीसीको विरोधमा रहेका बरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदिप ज्ञावलीलाई सदस्य बनाइएको छ ।

यस्तै नगारिकमा खनाल र रावल एमसीसीको विरोधमा भएकाले आउने सुझावपनि एमसीसीको पक्षमा नहुने समाचार छापेको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीका लागि नेकपामा बहस सुरु शीर्षकमा नयाँ पत्रिका दैनिकमा मुख्य समाचार र उपाध्यक्ष बामदेव गौतमको अन्र्तवार्ता छापिएको छ ।

निर्वाचन खर्चिलो भएको केन्द्रीय सदस्यहरुको गुनासो रहेको थियो ।

यस्तै चुनावमा भएको खर्च दिए सांसद पद बेच्न तयार भएको टिप्पणी पनि केन्द्रीय समिती बैठकमा उठेको थियो ।

नेकपाले नेताका सम्पत्ति खोज्ने शीर्षकमा अन्नपूर्ण पोष्टमा समाचार छ ।

सत्तारुढ नेकपाले पार्टी नेताहरुको सम्पत्ति छानबिन गर्ने भएको छ ।

त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिइने भएको छ ।

यसअघि पनि पार्टीले सम्पत्ति छानबिन गरेपनि न त सार्वजनिक नै गरिन्थो, न त कारबाही नै गरिन्थो ।

चीनबाट १ सय ८० विद्यार्थी ल्याउने समाचारपनि अन्नपूर्ण पोष्टमा छ । हुवेप्रान्तमा रहेका नेपाली विद्यार्थीहरुलाई सरकारले फिर्ता ल्याउने भएको हो ।

कोरोना भइरसको प्रभावित क्षेत्रबाट उनीहरुलाई उद्दार गर्न लागिएको हो । चार्टड प्mलाइटबाट उनीहरुलाई ल्याइने छ ।

Loading...