मिसकलले जुरायो २० वर्षिय युवक र ६० वर्षिय महिलाको जोडी

विराटनगर, १८ माघ । सामान्यतया विवाहका लागि युवा युवतीको उमेरलाई मुख्य आधार मानिन्छ ।

प्रेममा रह्दा पनि उमेरलाई नै प्राथमिकता दिइन्छ । तर भारतमा भने एक २० वर्षिय युवकले ६० वर्षिय महिलासँग विवाह गरेका छन् ।

मिसकल मार्फत सुरू भएकाे सम्बन्ध विवाहमा परिणत भएकाे हाे । फोन सम्पर्कका आधारमा चिनजान भएपछि मुरादाबादको रामपुर गाउँमा २० वर्षिय युवक र ६० वर्षिय महिलाको विवाह भएको भारतीय दैनिक पत्रिका अमर उजलाले जनाएको छ ।

रामपुरको सैदनगर बस्दै आएकी महिला र युवकको विवाहलाई लिएर चर्चा भइरहेको समाचारमा जनाइएकाे छ । युवक भने हरदोई भन्ने स्थानका हुन् । उनीहरुबीचको सम्बन्ध भने मिसकलबाट सुरु भएको थियो ।

दुई वर्ष अघि युवकले आफ्नो मोबाइलबाट कतै फोन गर्दा नम्बर मिस्टेक भएर महिलालाई फोन गएको थियो । फोनमा बातचित भएपछि उनीहरु नजिकिए । फोनमा नै विवाह गर्ने कसम पनि खाएका थिए ।

महिलाका श्रीमानको मृत्यु भइसकेको छ । आफ्नो श्रीमानको मृत्यु भएको र आफूसँग १२ विगाह जमिन रहेको बताएपछि युवक विवाह गर्न राजी भएको बताइएको छ ।

विवाह पछि युवक महिलाकै घरमा बस्ने भन्दै शनिबार महिलासँग विवाह गरेका थिए । तर आमाको विवाह प्रति महिलाकी छोरीले असहमति जनाइन् ।

छाेरीले विरोध गरेपछि घटना प्रहरी चौकीसम्म पुगेको थियो । दुबैजनाले राजीखुसी विवाह गरेको बताएपछि प्रहरीले उनीहरुलाई घर फर्काइदिएको छ ।

Loading...